गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसको प्रदर्शन-Sutra News

गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसको प्रदर्शन

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनु पर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।



आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा केही शीर्ष नेताहरू पनि पुग्ने क्रम जारी छ । राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शन स्थलमा पुगिसकेका छन् ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनु पर्ने र पासपोर्टको विषय पनि छानविनको दायरामा आउनु पर्ने उनीहरूको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट