काठमाडौं । भारतीय प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज राति हुँदै छ । फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच चेन्नईमा साँझ ७ः४५ बजे हुने छ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको कोलकाता पहिलो क्वालिफायर जितेर फाइनलमा प्रवेश गरेको छ । हैदरावादले दोस्रो क्वालिफायर जितेर उपाधि होडमा पुगेको हो । पछिल्लो ६ सिजनमा पहिलो क्वालिफायर जित्ने टोलीले मात्र उपाधि जित्दै आएको छ । यस्तो छ अन्तिम १६ को फाइनल विश्लेषण…
१, अंक तालिका
अंक तालिकाको दोस्रो नम्बरमा रहेको टोलीले सबैभन्दा बढी आठ पटक उपाधि जितेको छ । यो सिजन कोलकाता नाइट राइडर्सले लिग राउण्डमा पहिलो र सनराइजर्स हैदरावाद दोस्रो स्थानमा रहेको छ ।
२, टस
क, टस जित्ने टोलीले फाइनलमा हाबी
सामान्यतया कुनै पनि खेलमा टस महत्त्वपूर्ण हुन्छ । तर, फाइनलमा यसको महत्त्व बढ्छ । पछिल्ला १६ फाइनलमध्ये १० फाइनल टस जित्ने टोलीले जितेका छन् । ६ टोली टस हारेर च्याम्पियन बनेका छन् ।
विगतलाई हेर्ने हो भने टस धेरै महत्त्वपूर्ण हुनेछ । जसको पक्षमा टस जित्ने टोलीले जित्ने ६२.५% मौका पाउने छ । जबकि, टस हार्ने टोलीले ३७.५% जित्ने मौका पाउने छ ।
ख, फाइनलमा लक्ष्य पछ्याउको विजयी
अहिलेसम्मको फाइनलमा टस जितेर बलिङ गर्ने निर्णय नै जितको मन्त्र रहेको छ । अर्थात १६ फाइनलमध्ये ९ खेलमा टस जितेर पहिले बलिङ गर्ने टोलीले जितेको छ । १६ फाइनल खेलमा सफल डिफेन्स ५६.२५% रहेको छ भने ४३.७५% खेलमा पछ्याउने टोली च्याम्पियन बनेको छ ।
यहाँ टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न रुचाउँछ । अन्तिम १६ फाइनलमा ५६.२५% स्कोर डिफेण्ड गरिएको छ, जबकि ४३.७५% स्कोर मात्र पछ्याइएको छ ।
ग, २०० भन्दा बढीको स्कोर पछ्याउन असम्भव
पछिल्ला १६ वर्षमा आईपीएलको फाइनलमा २०० भन्दा बढी स्कोरलाई पछ्याउन सकेको छैन । अर्थात २०० भन्दा बढीको स्कोर जितको ग्यारेन्टी हो ।
सन् २००८ देखि २०२३ सम्म चार पटक फाइनलमा २०० रनको स्कोर बनाइएको थियो । तर अहिलेसम्म पछ्याउने टोलीले २०० भन्दा बढीको स्कोर पछ्याउन सकेको छैन ।
सन् २०२३ को फाइनलमा गुजरातले २१४ रन बनाएको थियो । तर, वर्षाका कारण चेन्नईलाई १५ ओभरमा १७१ रनको संशोधित लक्ष्य दिइएको थियो । जुन चेन्नईले १५ ओभरमा ५ विकेटमा हासिल गर्यो । पहिले ब्याटिङ गर्ने टोलीले २०० भन्दा बढी रन बनाउन सफल भए सम्बन्धित टोलीको जितको सम्भावना शतप्रतिशत हुन्छ ।
३, अन्तिम ६ फाइनल पहिलो क्वालिफायर विजेताको जित
पछिल्ला ६ सिजनमा पहिलो क्वालिफायर जित्ने टोली च्याम्पियन बनिरहेको छ । सन् २०११ मा प्लेअफ प्रणाली सुरु भएको थियो ।
त्यसयता जम्मा १३ वटा फाइनल खेलेका छन् । जसमध्ये १० फाइनलमा पहिलो क्वालिफायर जित्ने टोलीले जितेको छ भने तीनमा दोस्रो क्वालिफायरको विजेता सनराइजर्स हैदरावादसहित च्याम्पियन बनेको छ ।
अघिल्लो प्रवृतिअनुसार कोलकाताको जित्ने सम्भावना ७६.९२% र हार्ने २३.०७% छ । जबकि, हैदरावादको तथ्यांक विपरित छ, किनभने दोस्रो क्वालिफायर जित्ने टोली तीन पटक मात्र च्याम्पियन बनेको छ ।
४, तटस्थ स्थानमा अधिकतम उपाधि
पछिल्लो १६ मध्ये १३ फाइनल भारतीय पिचमा भएका छन् । तीन उपाधिका खेल विदेशमा भएका छन् । अहिलेसम्म खेलिएका फाइनल खेलहरूमध्ये ९ फाइनल तटस्थ स्थानमा जितेका छन् ।
दुई खेल आयोजक टोलीले जितेको थियो भने पाँच खेल पाहुँना टोलीले जितेको थियो । चेपौक रंगशाला दुवै टोलीका लागि तटस्थ स्थान हो । एजेन्सी