काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अधय्क्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थप गर्नका लागि सोमबार अदालत लगिँदै छ ।
धनुषास्थित निजी अस्पतालमा भर्ना भएर बसेका सिरोहिया सात दिनअघि नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा कान्तिपुरको कार्यकक्षबाट पक्राउ परेका थिए ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना भएका थिए ।
गत मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।