आईपीएल च्याम्पियन टोलीको उपाधि रकम कति ? कुन टोलीले कति पाए ?-Sutra News

आईपीएल च्याम्पियन टोलीको उपाधि रकम कति ? कुन टोलीले कति पाए ?

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ संस्करणका सम्पूर्ण खेल आइतबार राति सम्पन्न भएको छ ।



प्रतियोगितामा कोलकाता नाइट राइडर्स तेस्रोपटक विजयी बन्यो । उसले सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै विजयी उपाधि उचालेको हो ।

विजयी हुन कोलकाताले ११ औँ ओभरमा बलिङ गरिरहेका शाहबाज अहमदको तेस्रो बलमा भेङ्कटेश अय्यरले रन बनाएर टोलीलाई जित दिलाएका थिए ।

विजयी भएसँगै कोलकाताले २० करोड भारू अर्थात ३२ करोड नेपाली रुपैयाँ पुरस्कार हात पारेको छ । यस्तै, उपविजेता हैदरावादे १२ करोड ५० लाख भारू अर्थात २० करोड नेपाली रुपैयाँ पुरस्कार हात पारेको छ ।

तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ११ करोड २० लाख र चौथो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरले १० करोड ४० लाख नेपाली रुपैयाँ हात पारेको छ ।

यस प्रतियोगितको लागि कोलकाताका मिचेल स्टार्क सर्वाधिक महंगा खेलाडी बने । उनलाई करिब २५ करोड भारतीय रुपैयाँमा खरिद भएको थियो ।

यस्तै, प्याट कमिन्स दोस्रो महंगा खेलाडी बनेका थिए । उनलाई करिब २० करोड भारूमा हैसरावादले आफ्नो टोलीमा ल्याएको थियो । उनीहरू दुवै अष्ट्रेलियन खेलाडी हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट