एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालद्वारा उपाधि रक्षा-Sutra News

एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालद्वारा उपाधि रक्षा

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको १५ औँ एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औँ पटक उपाधि हात पारेको छ ।



आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै उपाधि उचालेको हो । प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० काँस्य पदक जितेको छ ।

यसैगरी, १२ स्वर्णसहित भारत दोश्रो बन्यो । उसले १२ स्वर्णसहित ६ रजत तथा १२ काँस्य पदक जित्यो । पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली दुई स्वर्णसहित तेश्रो बन्दा तीन रजत र सात काँस्य पदक जितेको छ ।

प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समूहमा २९ स्पर्धामा गरी कूल ४० स्वर्ण, ४० रजत तथा ८४ काँस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट