गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर-Sutra News

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनलाई पदमुक्त गर्न माग गर्दै रिट निवेदन परेको हो ।



अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै मुद्दा अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेको थियो । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको छ ।

यस्तै, अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहँदा उनलाई निलम्बन गर्न माग गरिएको छ । उक्त रिटमा जेठ १६ गते पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट