बाढीका कारण १६ जनाको मृत्यु-Sutra News

बाढीका कारण १६ जनाको मृत्यु

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा आएको बाढीमा परी १६ जनाको मृत्यु भएको छ ।



प्रभावित प्रान्तका स्थानीय अधिकारीका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । टोलो न्यूजका अनुसार बाढीले डान्ड-ए-घोरी, दोसी, पुल-ए-खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति ठुलो बाढी आँउदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताए ।

उनका अनुसार लर्खाबमा तीन बालबालिका एक महिला र दुई पुरुषसहित लगभग पाँच जनाको मृत्यु भएको छ । करिब तीन सयभन्दा बढी घरहरू ध्वस्त भएका छन् ।

तालिबानद्वारा बदख्सानमा प्राकृतिक विपद् व्यवस्थापनका प्रमुख मोहम्मद कामगरलाई उद्धत गर्दे बाढीका कारण एकै परिवारका दश जनासहित एघार व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ ।

यसैबीच, बाढीका कारण सम्पत्ति गुमाएका धेरै परिवारहरूले सहायताको आगमनमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेका छन् । पिडित परिवारले सरकार र सहायता निकायबाट तत्काल सहयोगको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट