२०२४ को आईपीएलमा विराट कोहलीले बनाए सर्वाधिक रन, कुन खेलाडीको नाममा कस्तो रेकर्ड ?-Sutra News

२०२४ को आईपीएलमा विराट कोहलीले बनाए सर्वाधिक रन, कुन खेलाडीको नाममा कस्तो रेकर्ड ?

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ च्याम्पियन पाएको छ । गएराति सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि रक्षा गरेको हो ।



व्यक्तिगत रुपमा फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै, सर्वाधिक ७४१ रन बनाएका बैंगलुरुका विराट कोहलीले ओरेञ्ज क्याप जिते ।

यस सिजनमा सर्वाधिक २४ विकेट लिएका पञ्जावका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै, प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने ।

यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेटसमेत लिएका थिए ।

सनराइजर्सका अभिषेक शर्माले सर्वाधिक ४२ छक्का प्रहार गरेका थिए । सनराइजर्सकै ट्राभिस हेडले सर्वाधिक ६४ चौका प्रहार गरेका थिए ।

कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।

त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइकरेटले नौ खेलमा ३३० रन बनाएका थिए ।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०–१० लाख भारु नगद पुरस्कार दिइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट