काठमाडौं । टी २० विश्वकप खेल्न अमेरिका जाने सपना पूरा नहुने भएसँगै स्पिनर सन्दीप लामिछानेले दुःख व्यक्त गरेका छन् ।
विश्वकप नजिकिए पनि अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गर्दै आएको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखेका उनी निराश बनेका हुन् ।
उनले आज एक स्टाटस लेख्दै आफ्नो सपना अधुरो रहन सक्ने आशंका व्यक्त गरे । ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ,’ उनले भने ।