शेयर बजारमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सर्किट-Sutra News

शेयर बजारमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सर्किट

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१

काठमाडौं । सातामा कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको बढेको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अंकले बढेर दुई हजार ११३ दशमलव २७ को बिन्दुमा कायम भएको हो ।



कूल ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक खरिद बिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार १६४ बराबरको कारोबार भएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार ४३४ बराबरको तीन लाख ५५ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट