उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा-Sutra News

उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा

सोमबार, १४ जेष्ठ २०८१

सोमबार, १४ जेष्ठ २०८१
adalat

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँग सम्बन्धित सर्वोच्च अदालतमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।



प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको हो ।

पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रिट दायर गरेका थिए ।

उपेन्द्र यादवले जसपा नेपालको विभाजन संविधानविपरीत गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट