आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

आज मिति २०८१ जेठ १५ गते मंगलबार । सन् २०२४ मे २८ तारिख । नेपाल सम्बत ११४४ बछलागा पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।



मेष

विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन । आवश्यकताभन्दा ज्यादा परिश्रम पर्न सक्छ । पारिवारिक भेटघाटको योग छ । दौडधुप रहला । जोखिमप्रति सचेत रहनु बेस रहला । आफन्तसुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष

सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहने छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्ला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । दाम्पत्यसुख बढ्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्ने छ ।

मिथुन

विशेष योजनाहरू बन्ने दिन छ । नयाँ ज्ञान मिल्ला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पढाइमा प्रगति हुनेछ भने आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । आरोग्यता वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्ने छ । सुख शान्ति प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

समय केही चुनौतीयुक्त छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, तर गर्दैआएको कामलाई भने निरन्तरता दिन सकिने छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

ब्यस्तता रहला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । प्रतिभा देखाएर अवसर हातपार्न सकिने छ । बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । विशेषतः सिर्जनशील काममा सफलता मिल्ला । आरोग्यता रहला, रसरागमा आकर्षण बढ्ने छ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त हुने योग छ ।

कन्या

मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्ने छन् भने मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । समस्यामा उच्चाधिकारीको साथ मिल्ने छ ।

तुला

पराक्रम वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ दिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । मेहनतको राम्रै फल प्राप्त हुने योग छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अनुकूलता वृद्धि होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । स्वास्थ्य भने त्यति अनुकुल नरहला । कसैले दिएको अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च केही बढ्न सक्छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ने छ । भाग्यबल वृद्धि होला ।

धनु

उत्साहजनक समाचारले हर्ष बढाएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । लगानी बढ्ने छ । रसरागमा आकर्षण रहला । यात्रामा सफलता हात पर्नेछ ।

मकर

कर्मबल बढ्ने छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्ने छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने छ । नयाँ सवारी साधन खरिद गर्दै हुनु हुन्छ भने समय सही छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उपयुक्त हुनेछ । वर्चस्व वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

कर्मबल बढ्ने तथा अवसरले पछ्याउने समय छ, बोलीको प्रभाव पनि बढ्ने छ । गुरुजनको विशेष सहयोग जुट्ने छ । धनलाभ होला । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । नवीन कार्य आरम्भ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । अनुकूलता बढ्ने छ । मित्रजनको साथ मिल्नेछ । सन्तान सुख बढ्ने छ ।

मीन

निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही खटपट पर्न सक्ने योग छ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट