महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा-Sutra News

महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । अब महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरी सडकको ड्युटीमा खट्न नपर्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीको हकमा यस्तो व्यवस्था मिलाइएको घोषणा गरेका हुन् ।



महिला ट्राफिकलाई बिदा दिएको अवस्थामा सडकमा स्वयम् सेवक खटाउने लामिछानेको घोषणा छ । लामिछानेका अनुसार ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम् सेवकको रुपमा सडकमा खटाइनेछ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

“अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ”, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट