काठमाडौं । स्थानीय बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबारकाे तुलनामा साेमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै मंगलबार छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ कायम भएकाे छ भने तेजाबी सुनकाे मूल्य प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँ कायम भएकाे छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।
सुनकाे मूल्य बढ्दा चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार साेमबारकाे तुलनामा मंगलबार चाँदीकाे मूल्य ४० रूपैयाँले बढेकाे छ । मूल्य बढेसँँगै मंगलबार चाँदीकाे मूल्य प्रतिताेला प्रतितोला १९ सय २० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि मूल्य बढेकाे महासंघले जनाएकाे छ । महासंघका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।