चार भाषामा तयार भएको फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक-Sutra News

चार भाषामा तयार भएको फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं ।  जेठ ३२ गते प्रदर्शनमा आउने फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्मको २ मिनेट ३४ सेकेण्डको थ्रिलर ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ ।



एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ । ट्रेलर हेर्दा निकै आकर्षक छ ।

मदन थापाको लेखन र निर्देशन रहेकोफिल्ममा । मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ ।

काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई सेन्सर बोर्डले फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सर्टिफिकेट दिएको छ ।

भारतको चेन्नइमा प्राविधिक कार्य भएको फिल्ममा चन्दन झा निर्माता रहेको फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ । फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन् । डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट