काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेप्रति सचेत रहन आग्रह गरेका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिँदै थापाले यस्तो बताएका हुन् । उनले व्यवस्थासँगै देशको अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘२०६२-०६३ को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !’