काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट ९ थुम्सीमा सोमबार साँझ लोड बोकेको गाडी भासिँदा सडक जाम भएको छ ।
विस्तारको क्रममा रहेको यस सडकमा नयाँ बनेको पुलको पहुँच मार्ग भासिँदा गए राति २ बजेदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जानकारी दिए ।