समलिङ्गीलाई अभद्र शब्दले सम्बोधन गरेको पोप फ्रान्सिसमाथि आरोप-Sutra News

समलिङ्गीलाई अभद्र शब्दले सम्बोधन गरेको पोप फ्रान्सिसमाथि आरोप

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसमाथि समलिङ्गी पुरुषमाथि अभद्र टिप्पणी गरेको आरोप लागेको छ ।



सीएनएनको रिपोर्टका अनुसार फ्रान्सिसले बन्द कोठा बैठकमा समलिङ्गी व्यक्तिका लागि इटालियन भाषामा निकै आपत्तिजनक शब्द प्रयोग गरेको जनाइएको छ ।

पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूलाई वर्णन गर्न ‘फ्यागोट’ शब्द प्रयोग गरेको रिपोर्टले दाबी गरेको छ । पोप फ्रान्सिसले इटालीका विशपहरूलाई समलिङ्गी पुरुषहरूलाई पुरोहितको लागि प्रशिक्षण नदिन आग्रह गरेका छन् ।

भ्याटिकनले पोपको आपत्तिजनक भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस भाषी देश अर्जेन्टिनामा जन्मिएका पोपलाई यो इटालियन शब्दको स्पष्ट अर्थ थाहा नहुन सक्छ भन्ने पोपका समर्थकको विश्वास रहेको उल्लेख गरिएको छ ।

फ्यागोट शब्द सामान्यतया समलिङ्गी पुरुषहरूको अव्यवस्थित व्यवहारको वर्णन गर्न प्रयोग गरिन्छ । यो एलजीबिटिक्यू समूदायद्वारा आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट