काठमाडौं । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।
यसअघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।
बजेट भाषण गर्दै अर्थमन्त्री पुनले ‘सुखी नेपाली, समृद्धि नेपाल’का लागि आर्थिक सुधारको कार्यक्रम घोषणा गरेका छन् । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।