काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनलाई थप उपचार गर्न काठमाडौं ल्याइएको हो ।
चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको छ । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा राखिने भएको छ ।
रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहिया पक्राउ परेका थिए ।
सोमबार उनलाई तेस्रोपटक धनुषा जिल्ला अदालतले थप तीन दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ ।