काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले यसपटकको बजेटमा नयाँपन दिने बताइरहेका थिए । जुन नयाँपन ब्रिफकेसबाट समेत देखिएको छ ।
पुनले सांकेतिकरुपमा परिवर्तनको झल्को दिन बजेट भाषणको ब्रिफकेस नै यसअघि भन्दा भिन्न प्रयोग गरेका छन् । विदेशी र आकर्षक छालाको झोला प्रयोग गर्ने चलनलाई विस्थापित गर्दै अर्थमन्त्री पुनले स्वदेशी कपडाको झोलालाई प्रयोग गरेका हुन् ।
अर्थमन्त्री पुनको सचिवालयले जनाएअनुसार पुनले प्रयोग गरेको झोला ठमेलबाट किनिएको हो । अल्लो र ढाका मिक्स गरेर बनाइएको झोलाको मूल्य २५ सय रुपैयाँ जति परेको उनको सचिवालयले जनाएको छ ।