काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशका दुई जिल्लामा रहेको चलचित्र छायांकन र स्टुडियोको कामलाई अगाडि बढाउने बताए ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले काभ्रेको बनेपामा रहेका चलचिल छायांकन स्टुडियोको निर्माण कार्य सुरु गर्ने र दोलखा चलचित्र नगरीलाई निजी साझेदारीमा सहकार्य गरी अगाडि बढाउने बताएका हुन् ।
अर्थमन्त्री पुनले कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिने घोषणा गरेका छन् ।
चलचित्र विकास बोर्डलाई बनेपामा स्टुडियो बनाउन हालै जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व प्रदान गरेको छ ।