काठमाडौं । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षभित्र ७ हजार युवालाई निःशुल्क तालिम दिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशबाट एक हजारको दरले सीपमुलक तालिम प्रदान गर्ने अर्थमन्त्री पुनको घोषणा छ ।
जसका लागि ४३ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्री पुनले जनाए । जुन निःशुल्क र आवासीय हुने उनले बताए ।
साथै, तालिमलाई अन्तराष्ट्रिय स्तरको बनाइने पनि उनको घोषणा छ ।
यद्यपि, अहिले काठमाडौं महानगरपालिकाले सीप मेला सञ्चालन गरिरहेको छ । जसमा आवेदन दिने सबै (६० हजारभन्दा बढी)लाई कामनाले तालिम दिँदैछ ।
कामनपा एक्लैले ६० हजारभन्दा बढी युवालाई निःशुल्क तालिम दिँदा संघ सरकारले भने ७ हजारलाई सीप तालिम दिने कार्यक्रम ल्याएको छ ।