काठमाडौं । सरकारले धादिङसहित पाँच जिल्लामा कस्तुरी मृग लगायत वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् । ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने छ,’ उनले भने ।
यसका लागि निजी क्षेत्र र स्थानीय समूदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए । उनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।