शिक्षा मन्त्रालयलाई दुई खर्ब ३ अर्ब रकम विनियोजन-Sutra News

शिक्षा मन्त्रालयलाई दुई खर्ब ३ अर्ब रकम विनियोजन

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि दुई खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ ।



अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत शिक्षा मन्त्रालयका लागि विनियोजन गरेको रकमबारे जानकारी दिएका हुन् ।

बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ ।

त्यस्तै विश्वविद्यालय गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट