काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै देशको कूल बजेट सार्वजनिक गरेको हो ।
जसमा चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ । पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब ३५ करोड हुँदा वित्तीय व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब १८ करोड तोकेको छ ।