यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)-Sutra News

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ ।मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन्‌ ।



सरकारले आगामी वर्षका लागि ल्याएकाे बजेट चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

कुल विनियोजन बजेटमध्ये चालुतर्फ रू. ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पूँजीगततर्फ रू. ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ रू. ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) रहेकाे छ ।

बजेटकाे स्राेतमध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु. ५२ अर्ब ३३ करोड जुट्ने सरकारकाे अनुमान छ । यद्दपि, जसमा रु.५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ।

जसकाे पूर्ति आन्तरिक र वैदेशिक ऋणबाट जुटाइने बताइएकाे छ । अर्थमन्त्री पुनले बताएअनुसार रु. ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट उठाइनेछ भने रु. २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋणबाट उठाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट