सरकारी कर्मचारीको तलब यथावत हुने-Sutra News

सरकारी कर्मचारीको तलब यथावत हुने

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । सरकारले कर्मचारीको तलब सुविधा यथावत कायम राखेको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।



पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । उक्त समयमा निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलब वृद्धि भएको थियो ।

अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम् ८२ हजार ३५९ रुपैयाँ छ । पछिल्लो पटक कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र विदेशमा हुने कार्यक्रममा सकेसम्म सम्बन्धित देशको नेपाली दूतावास र नियोगबाट सहभागी गराउने व्यवस्था मिलाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट