काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको प्रतिक्रिया दिएको छ ।
पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारले चाहे जस्तो ठूलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भए पनि बजेटमा नदेखिएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजनाबारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।
डा. महतले प्याज आलु र स्याउमा भ्याट हटाउने घोषणा गरेर सीधै झुट बोलेको बताए । उनले भन्सारमा भ्याट लाग्दै आएकोमा हटेपछि कसरी सस्तो हुन्छन् ? भन्दै प्रश्न गरे ।