काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती हुन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहालको नाममा कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’