काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका सामाजिक सुरक्षा भत्ता यथावत राखेको छ । सरकारले सुरक्षा भत्ता दिने घोषणा गरे पनि चालु वर्षको रकमलाई नै यथावत राख्ने भएको हो ।
सरकारले वृद्धवृद्धा, एकल महिला, अपांग भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
यस्तै, सरकारले आगामी वर्ष कर्मचारीको तलबसमेत यथावत राख्ने भएको छ ।