तीन प्रदेशमा वर्षाको सम्भावना हुँदा अरू स्थानको मौसम कस्तो ?-Sutra News

तीन प्रदेशमा वर्षाको सम्भावना हुँदा अरू स्थानको मौसम कस्तो ?

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ुरेमलु चक्रवातको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशको कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।



कोशी र बागमती प्रदेशको पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी प्रदेश लगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट