कपालकाे समस्याका लागि तेजपत्ता रामवाण, जान्नुहाेस् कसरी प्रयाेग गर्ने ?-Sutra News

कपालकाे समस्याका लागि तेजपत्ता रामवाण, जान्नुहाेस् कसरी प्रयाेग गर्ने ?

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

के तपाई पनि कपाल ड्राई भएर, डान्ड्रफबाट हैरान भइरहनुभएको छ ? यदि छ भने आज हामी तपाईलाई एउटा यस्तो अचुक औषधिय गुणको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको कपाल चम्किलो बनाउनका साथै हाईड्रेट राख्न मदत गर्छ ।



कपाल हाइड्रेट राख्न हामीले अनेक थरिका केमिकल्सहरुको विश्वास गरि कपाल झनै खराब बनाइरहेका हुन्छौ, तर विज्ञहरू हाम्रै भान्सामा पाइने तेजपत्ताले कपालका यी समस्याहरुमा समाधान हुने बताउँछन् ।

तेजपत्तालाई प्राकृतिक कपाल कन्डिसनरको रूपमा प्रयोग गर्न सकिन्छ, तेजपत्तामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कपाललाई चम्किलो बनाउन मद्दत गर्छ र यो प्रयोग गर्न धेरै सजिलो पनि छ।

यसका लागि एउटा प्यानमा पानी हाल्नुहोस्, त्यसमा केही तेजपातहरू हाल्नुहोस् र २० मिनेटसम्म उमाल्नुहोस् । जब त्यसबाट कडा गन्ध आउन थाल्छ, यसलाई एउटा भाडामा भर्नुहोस् र राख्नुहोस्। यसलाई एक दिन भरि छोडिदिनुस् र शैम्पू प्रयोग गर्नु अघि आफ्नो कपालमा लगाउनुहोस्।

तपाईलाई यो पनि जानकारी गराउ की तेजपत्ताले टाउकोमा हुने ब्याक्टेरिया र घाउकाे संक्रमणसँग लड्न मद्दत गर्दछ । घाउ र ब्याक्टेरियाका कारण तपाईको टाउकोलाई धेरै किसिमले क्षति पुग्न सक्छ। कपालमा नियमित तेल नलगाउदा पनि यस्तो हुन सक्छ तर, अब यस्को प्रयोगले तपाईंको टाउको स्वस्थ राख्न मद्दत गर्न सक्छ।

तेजपत्तामा एन्टि फङ्गल गुण हुन्छ, जसले तपाईंलाई यो समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ। यसका लागि तपाईले आफ्नो कपाल नियमित रूपमा तेजपत्ताको पानीले धुनु पर्छ।

साथै, यसले कपालको विकासमा पनि निकै मद्दत गर्न सक्छ । अनुसन्धानकर्ताका अनुसार तेजपातकाे प्रयाेग कपालको विकास गर्न निकै लाभदायक साबित भएकाे छ ।

यही कारणले गर्दा धेरै प्रकारका आयुर्वेदिक तेलको सामग्रीमा तेजपत्ताको पनि समावेश हुन्छ। तेजपत्ताको औषधिय गुणको बारेमा चर्चा गरिरहँदा यो पनि जान्न जरुरी छ कि यस्ले कपाल झर्न पनि रोक्छ । अहिलेको बढ्दो प्रदुषण र धुलोका कारण हाम्रो कपाल धेरै क्षति भइरहेको पाइन्छ । जसका कारण हाम्रो कपाल भाँचिने र झर्ने भइरहेको हुन्छ । यस्तो अवस्थामा, यो समस्या समाधान गर्न तेजपातको पाउडर प्रयोग गर्न राम्रो हुन्छ र यो सजिलै तरिकाले घरमै बनाउन सकिन्छ ।

केवल एक ग्राइन्डरमा केही तेजपातहरू पीस्नुहोस् र यसमा कागती र दहीको केही थोपा हालेर मिक्स गर्नूहोस् । यसलाई राम्ररी मिलाएर दिनहुँ आफ्नो टाउकोमा यो पेस्ट लगाउन सकिन्छ ।महिना दिनसम्म यस्ताे तरिका अपनाएमा कपाल सम्बन्धि समस्या निकै कम गर्न सकिन्छ ।

उल्लेखित सामाग्री प्राकृतिक चिकित्साका विज्ञहरूले बताएकाे आधारमा तयार गरिएकाे हाे । जसलाई आधुनिक चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेकाे छ । जसबारे थुप्रै संस्थाहरूले सही ठहर्याउँदै रिपाेर्टहरू सार्वजनिक गरेका छन् । एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट