तीन दिनदेखि लगातार सुनको मूल्यमा बृद्धि-Sutra News

तीन दिनदेखि लगातार सुनको मूल्यमा बृद्धि

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । स्थानीय बजारमा फेरि सुनको मूल्य बढ्न थालेको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार पछिल्लो तीन दिनदेखि लगातार मूल्य बढिरहेको छ ।



महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलाकै छ सय रुपैयाँले बढेको छ । जससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य एक लाख ३८ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ३७ हजार पाँच सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि लगातार बृद्धि भइरहेको महासंघले जनाएको छ । मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार नौ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य घटबढ भइरहँदा त्यसको प्रभाव स्वदेशी बजारमा परेको महासंघको भनाई छ । मूल्यमा भइरहेको तिव्र घटबढसँगै खरिद–बिक्री भने प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट