गर्मीमा मेवा खानु कति फाइदा ? स्वास्थ्यमा कस्तो पार्छ प्रभाव ?-Sutra News

गर्मीमा मेवा खानु कति फाइदा ? स्वास्थ्यमा कस्तो पार्छ प्रभाव ?

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

गर्मी याममा हामीहरु चिसो खाना खान रुचाउँछौँ । तर, धेरै मान्छे गर्मीको सिजनमा मेवा खान हुन्छ की हुँदैन ? भन्ने दोधारमा परेको देखिन्छ ।



गर्मी मौसममा मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै सचेत भइरहेका हुन्छन् । यस्तो अवस्थामा स्वस्थ रहन आफ्नो खानपानमा धेरै परिवर्तन गर्छन् । गर्मीमा मानिसहरु प्रायः यस्ता खाने कुरा खान रुचाउँछन्, जसले शरीरलाई चिसो राख्छ ।

गर्मीमा मेवाको सेवन

गर्मीमा मानिसहरु शरीरमा शीतलता कायम राख्नका लागि चिसो खाने कुरा सेवन गर्छन् । यसबीच मेवा खानु हुन्छ भने सिमित मात्रामा मात्रै सेवन गर्नु पर्छ ।

मेवामा भिटामिन ए र सी, फोलेट जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । जुन, स्वास्थ्यका लागि आवश्यक हुन्छ । मेवा खानु आफैमा फाइदाजनक भए पनि एकै पटक धेरै खानु हानिकारण हुन पुग्छ ।

मधुमेहका लागि लाभदायक

गर्मी मौसममा सन्तुलित खानपानका कारण मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा बढ्ने हुनाले यस्तो अवस्थामा यस समस्याबाट छुटकारा पाउन मेवाको खानु फाइदाजनक मानिन्छ ।

मेवाको सेवनले तपाईलाई मधुमेह नियन्त्रण गर्न मात्र मद्दत गर्दैन । यसले तपाईको रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

महिनावारी समस्यामा प्रभावकारी

महिनावारीसम्बन्धी अनियमितताका कारण धेरै महिला समस्यामा पर्ने गरेका छन् । यदि, महिलाहरूलाई महिनावारी ढिलो भएर समस्या हुन्छ भने यसका लागि मेवा खानु फाइदाजनक हुन्छ ।

दैनिक सिमित मात्रामा मेवा सेवन गरेमा महिनावारीको अनियमितताको समस्या हटेर जान सक्छ ।

वजन घटाउन प्रभावकारी

यदि, तपाई तौल घटाउन चाहनुहुन्छ भने मेवाको सेवन निकै लाभदायक साबित हुनेछ । फाइबरयुक्त मेवा खाँदा तौल घटाउन मद्दत मिल्छ ।

वास्तवमा यसलाई खाँदा पेट लामो समयसम्म भरिपूर्ण रहन्छ । जसका कारण धेरै खान मन हुँदैन । यस्तो अवस्थामा तपाईले बिहान मेवा खानु भयो भने भोक कम लाग्ने गर्दछ ।

आँखाका लागि लाभदायक

मेवामा भिटामिन ए पाइन्छ । जुन आँखाका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा कुनै औषधिबिना प्राकृतिक तरिकाले आँखाको ज्योति बढाउन सहयोग पुग्दछ । यसका लागि मेवा नियमित सेवन गर्न सकिन्छ ।

प्रतिरक्षा वृद्धि

बदलिँदो मौसमसँगै भाइरलसँग सम्बन्धित बिरामी हुने जोखिम बढेर जान्छ । यदि, तपाई पनि आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन चाहनुहुन्छ भने मेवा खानु लाभदायी हुन सक्छ । भिटामिन सीले भरपूर मेवा खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट