काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूलाई बैठकमा बोलाएका छन् ।
सभापति देउवाले सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेतासहित मधेसवादी दललाई छलफलका लागि आह्वान गरेका हुन् । मधेस प्रदेश सरकारलगायत विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका नेताहरू सहभागी भएका छन् । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् ।
कूल १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।