बस दुर्घटना हुँदा २८ जनाको मृत्यु, २० घाइते-Sutra News

बस दुर्घटना हुँदा २८ जनाको मृत्यु, २० घाइते

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।



जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो । दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको हो ।

प्रहरी तथा उद्धार टोली घटना स्थलमा पुगी मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगेको स्रोतले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका चिकित्सकहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट