गण्डकीमा नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, दुई जना बने मन्त्री-Sutra News

गण्डकीमा नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, दुई जना बने मन्त्री

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३)अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन् ।

थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट