काठमाडौं । नेपालमा स्थानीय, पश्चिमी वायूको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका लगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । यी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशको थोरै स्थान र बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्या्ङ्ग रहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।