काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने-Sutra News

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

बिहिबार, १७ जेष्ठ २०८१

बिहिबार, १७ जेष्ठ २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो ।



आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने मौसम विभागले पूर्वानुमान गरेको छ ।

विभागले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट