काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अमेरिका जाने भिसाका लागि अन्तर्वार्ता दिने भएका छन् ।
त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज दिउँसो ४ बजे सन्दीपको अन्तर्वार्ता लिने भएको छ ।
अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले नोट लेखिसकेको छ । भिसा मिलेमा सन्दीप आजै राति अमेरिका जाने छन् ।
गौशाला २६ माथि बलात्कार गरेको मुद्दामा उच्च अदालत पाटनले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रयास गर्दै आएको छ ।
यता, अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गर्दै आएपछि उनी जान पाएका छैनन् ।