विदेश लैजान लागेको मुद्रासहित एक जना पक्राउ-Sutra News

विदेश लैजान लागेको मुद्रासहित एक जना पक्राउ

बिहिबार, १७ जेष्ठ २०८१

बिहिबार, १७ जेष्ठ २०८१

काठमाडौं । अवैध रूपमा लुकाएर बाह्‍य मुलुक लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई पक्राउ परेका छन् ।
एयर इण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।



उनको साथबाट चार लाख ८० हजार नेपाली रूपैयाँ, १७ हजार ५२० अमेरिकी डलर, २ हजार ८० युएई दिराम र २६ लाख १० हजार लिबान लिभरे फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त मुद्रासहित आवश्यक अनुसन्धानका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट