नेप्सेमा लगातार पहिरो, बैंकिङ्ग र होटल क्षेत्रमा धेरै निराशा-Sutra News

नेप्सेमा लगातार पहिरो, बैंकिङ्ग र होटल क्षेत्रमा धेरै निराशा

बिहिबार, १७ जेष्ठ २०८१

बिहिबार, १७ जेष्ठ २०८१

काठमाडौं । बजेटसँगै शेयर बजार परिसूचक (नेप्से) ओरालोमा छ । बुधबार २३.८१ अंकले घटेको नेप्से अन्तिम कारोबार दिन (बिहीबार) पनि १९.८९ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २०६९.५३ को बिन्दुमा ओर्लिएको छ ।



०.९५ प्रतिशतले घटेको नेप्सेमा सबैभन्दा धेरै होटल तथा पर्यटन, माइक्रो फाइनान्स र वाणिज्य बैंक क्षेत्रका लगानीकर्ताले घाटा व्यहोरे । नेप्सेको होटल तथा पर्यटन उपसूचक २.५३ प्रतिशतले घट्दा लघुवित्तको उपसूचक १.९६ प्रतिशत र बैंकिङ्ग उपसूचक १.७२ प्रतिशतले घट्यो ।

यस दिन उत्पादन तथा प्रशोधन, जलविद्यूत र वित्तको उपसूचकमा सामान्य सुधार आउँदा अन्य उपसूचक राताम्मे बने ।

स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १७३ कम्पनीको मूल्य घट्यो । ७० कम्पनीको मूल्य बढ्दा चार कम्पनीको मूल्य स्थिर रह्यो ।

दोहोरो अंकले नेप्से घटेपनि यस दिन तीन कम्पनी नेपाल फाइनान्स, उपर लोहोरे खोला र भगवती हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इन्जीनियरिङ र युनिलिभर कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

बजार घटिरहँदा कारोबार रकम पनि केही सुस्ताएको छ । साताको अन्तिम कारोबार दिन ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन सर्वाधिक नेपाल फाइनान्स, न्याग्दी गु्रप, जानकी फाइनान्सलगायतका कम्पनीको कारोबार भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट