काठमाडौं । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाएको छ ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
स्रोतका अनुसार परराष्ट्रले बुधबार दूतावासलाई नोट पठाएपछि बिहीबार अन्तर्वार्ताका लागि बोलाउने भएको हो । बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए ।
भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।