काठमाडौं । कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरि खनालविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिइएको थियो । उनले जग्गा नामसारी गर्ने प्रयोजनार्थ घुस लिएको पाइएको थियो ।
उनीविरुघ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१)को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो र कारबाही माग गरिएको छ ।