तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

शुक्रबार, १८ जेष्ठ २०८१

शुक्रबार, १८ जेष्ठ २०८१

आज मिति २०८१ जेठ १८ गते शुक्रबार । सन् २०२४ मे ३१ तारिख । नेपाल सम्बत ११४४ बछलागा अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।



मेष

विगतका निर्णयले काम बिग्रन सक्ने सम्भावना छ तर अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । आजको दिन मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका जुर्नेछ । शुभ काममा आकर्षण बढ्ला । दाम्पत्यसुख बढ्ने छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष

आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, यसप्रति सचेत रहनु होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्ने छ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सचेत रहनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता भने बढ्नेछ । प्रतिष्पर्धी तथा शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने योग छ । रमाइलो यात्रा होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । आय वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

सिंह

धेरै परिश्रम गरेपनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । पढाइमा राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आज काम बिग्रने भयले सताउला । प्रयत्नहरु निष्फल जस्तै हुन सक्छन् । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, धैर्य राख्नु उपयुक्त हुनेछ । स्वादिष्ट भोजनको अवसर आए पनि स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु उक्त होला । सहयोगीहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला

दिन अनुकूलताले बित्ला । सहयोगीहरूले राम्रो साथ दिने छन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला । पराक्रम र सुख वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्ने छ ।

बृश्चिक

द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नु पर्ने समय छ । सावधानी र विवेकले शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुने योग छ । बिनाप्रतिस्पर्धा फाइदा होला । रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

धनु

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

समय मिश्रित फलदायी छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतको सामना गर्नपर्ला । तर, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ । तपाईंको कमजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग रहेकाले बोली र व्यवहारमा सजगता अपनाउनुहोला । भएको दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ

समय केही चुनौतयुक्त भए पनि भाग्यबल बढ्ने छ । महत्वपूर्ण काममा अवरोध आउन सक्छ, सन्तान एवम् मित्रजनको सहयोगले काममा फाइदा हुनेछ । आयआर्जन राम्रै हुनेछ । कामले प्रतिष्ठा दिलाउला । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । आत्मविश्वास र आरोग्यबल बढ्ने छ । शुभ समाचार प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

दायित्व बढ्ने छ । आजको दिन आफू केही कमजोर भएको अनुभूति होला । अप्रिय समाचारले मन खिन्न रहला । व्यावसायिक काममा केही लाभ होला तर आर्जित धन तत्काल खर्च हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट