जितु र नीतिले सुरु गरे ‘ज्वाइँ साब’को छायाकंन-Sutra News

जितु र नीतिले सुरु गरे ‘ज्वाइँ साब’को छायाकंन

शुक्रबार, १८ जेष्ठ २०८१

शुक्रबार, १८ जेष्ठ २०८१

काठमाडौं । फिल्म ‘ज्वाइँ साब’को छायाकंन सुरु भएको छ । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्मको शुक्रबार मकवानपुरको चित्लाङ अवस्थित भैरव मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको हो ।



निर्देशक निरौलाले चित्लाङमा २० दिन सम्मछायांकन हुने जनकारी दिए । त्यसपछिको बाँकी छायांकन चितवनको सौराहा र इलाल हुने बताए ।

सामाजिक कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा हास्य अभिनेता जितु नेपाल, अभिनेत्री नीति शाह, हिमेश पन्त र बुद्धि तामाङको मुख्य भूमिका रहने छ । जितुले दीपक-दीपा समूहबाट अलग्गिएपछि स्वतन्त्र रुपमा बाहिरी फिल्ममा काम गर्दै आइरहेका छन् ।

नीतिले यसअघि ‘खजुरे ब्रो’बाट रजतपटमा डेब्यू गरेकी थिइन् । हिमेशले मिलन चाम्सको फिल्म ‘वर एण्ड बधुर’ काम गरिसकेका छन् ।

राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्मलाई आउँदो बर्षको तिहारमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । यो फिल्म रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागेको हो ।

फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यस फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

फिल्मका छायाँकार श्याम तमाङ हुन् । उनको यो डेब्यू फिल्म हो ।

निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले यसअघि आफूले निर्देशन गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट