फलफूलको बारेमा भनिन्छ कि यसले हाम्रो शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्दछ। हरेक फलफूलमा केही न केही पोषक तत्व पाइन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
पौष्टिक तत्वले भरिपूर्ण फलफूलले हाम्रो स्वास्थ्यमा सुधार गर्छ । फलफूलहरूमध्ये एक किवी हो। किवी स्वाद र पाेषकले भरिपूर्ण हुन्छ । यस फलको सबैभन्दा राम्रो कुरा यो हो कि तपाइँ यसलाई बोक्रा बिना र बोक्रासँग पनि खान सक्नुहुन्छ। यसको मीठो र अमिलो स्वाद खाँदा एकैपटक धेरै फलफूल खाएजस्ताे हुन्छ ।
किवीमा पोटासियम, फाइबर, भिटामिन सी, फोलिक एसिड, भिटामिन ई र पोलिफेनोल्स प्रशस्त मात्रामा पाइन्छ। यसमा क्यालाेरीकाे मात्रा कम हुन्छ, त्यसैले तपाईं यसलाई अमृत फल मान्न सक्नुहुन्छ। यसको सेवनले तपाई धेरै रोगहरुबाट टाढा रहनुका साथै, तपाईको तौल पनि सन्तुलित राख्दछ ।
आज हामी हाम्रा पाठकहरूलाई किवीका केही यस्ता फाइदाहरू बताउनेछौं, जसलाई खाएपछि तपाईं धेरै रोगबाट बच्न सक्नुहुन्छ। आउनुहोस् किवी खानुका फाइदाहरू जानाै-
आँखाका रोगबाट टाढा
यदि तपाईलाई थाहा छैन भने हामी तपाईलाई बताउँछौं कि किवी आँखासँग सम्बन्धित रोगहरूमा धेरै फाइदाजनक छ। यो खाँदा आँखाको ज्योति बढ्छ र आँखा धमिलो हुने समस्या पनि हट्छ ।
रोग प्रतिरोधात्मक क्षमता बलियो राख्छ
किवी खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले धेरै रोगहरु टाढा रहन्छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ भने किवी खानुपर्छ । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।
मुटुलाई स्वस्थ राख्छ
किवी खाँदा मुटु राम्रो रहन्छ । यसले राम्रोसँग काम गर्छ। किवीमा पाइने फाइबर र पोटासियमले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्छ । यसले धमनीहरूलाई बलियो बनाउन पनि काम गर्छ।
कब्जियतबाट राहत दिन्छ
यदि तपाई कडा कब्जियतबाट पीडित हुनुहुन्छ भने अवश्य दैनिक २-३ किवी खानुहोस्। तत्कालै नतिजा देखिनेछ । कब्जियतको समस्याबाट छुटकारा पाउन किवी राम्रो मानिन्छ । यसले पेटलाई पनि सफा राख्छ ।
किवी खाने सही समय
किवी खाने सबैभन्दा राम्रो समय बिहान १० देखि १२ बजे सम्म हो। यदि तपाइँ यस समयमा किवी खानुहुन्छ भने, जुन शरीरकाे लागि निकै फाइदाजनक हुनेछ ।
विज्ञहरू किवी सकेसम्म खाली पेटमा नखान सुझाव दिन्छ । खाली पेटमा खाना खाँदा यसले एसिडिटी बढाउन सक्छ । यसलाई खाली पेटमा खानुको सट्टा बिहानको खाजा पछि खान सकिन्छ । एजेन्सीबाट