काठमाडौं । नायिका पूजा शर्मा एक्लै आफ्नो नामले नै फिल्म चलाउन सक्ने अभिनेत्रीको रुपमा परिचित छिन् । सफल नायिकाको नाम लिँदा अभिनेत्री पूजा शर्माको नाम पनि आउँछ । उनै पूजा आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’बाट लेडी टाइगर ट्यागमा उभिने प्रयत्न गरिरहेकी छिन् ।
हुन त, उनलाई पटक–पटक विवादमा आइरहने भएकाले धेरैले गसिप किन भन्ने गरेका छन् । उनी कहिले काहीँ आफ्नै बोलीका कारण विवादमा तानिने गर्छिन् । कहिले काहीँ आफै हाँसोको माध्यम बन्ने गरेकी हुन्छिन्। यस्तैमा, हिजो फिल्मको ट्रेलर रिलिज नायक प्रदीप खड्काको तारिफ गर्दा गर्दै फेरि एक पटक बोली चिप्लाएकी छिन् ।
बिहीबार आफ्नो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा ‘पुजार सार्की’ हेरेको कुरा गर्दे पूजाले नायक प्रदीप खड्काको मात्रै खुलेरै तारिफ गरिन् । उनले प्रदीपको काम देखेर आफू छक्क परेको र कुनै दृश्यमा त आफूले काम गर्न पाएको भए पनि हुने भन्ने खालको महसुस भएको भन्दै प्रदीप पर्दामा नदेखिँदा बोर हुने अभिव्यक्ति दिइन् ।
पूजाले यसो भन्दै गर्दा फिल्मकै अरु दुई नायक आर्यन सिग्देल र पल शाहको बारेमा भने केही भन्न औचित्य ठानिनन् । उनको यो अभिव्यक्ति पछि आर्यन र पलका फ्यान उनीसँग असन्तुष्ट देखिए।
प्रदीपको तारिफ गर्दै गर्दा उनले अरु कलाकार पर्दामा आउँदा दिक्क लागेको भने जस्तो अभाष आर्यन र पलका फ्यानलाई भयो । यसअघि पनि पटक–पटक बोली चिप्ल्याउने पूजाको बोली यो पटक जाना जान चिप्लियो वा अनजानमा यो उनले सोच्न पर्ने कुरा हाे । हुन त, यो फिल्मबाट ‘माेहितबहादुर’काे चरित्र निर्वाह गरेका प्रदीपले निकै राम्रो तारिफ पनि पाइरहेका छन् ।
यता, पूजाले आफूप्रति फिल्मकर्मी र सञ्चारकर्मीले गरेको व्यवहारप्रति गुनासोसमेत गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि बनाइयो । एक्सन सुट गर्दा बडी डबल गरेर गरेको हो सम्म पनि भनियो । बडी डबल बलिउड र हलिउड दुवै ठाउँमा छ । तर मैले ‘दान्भी’मा त्यसो गर्नु परेन’, उनले भनिन्, ‘मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ ।’
एउटा कुरा स्पष्ट के छ भने, पूजा आफ्नो तारिफ सबैले गरिदिए हुन्थ्यो भन्ने मनाशय बोकेकी हुन्छिन् । कसैले आलोचना गरे हालेमा त्यसप्रति उनी तत्कालै प्रतिक्रिया जनाउँछिन् ! पछिल्लो समयकै उनकै अभिव्यक्ति बढ्दै जाँदा आजसम्मको यो मेहेनत र फ्यान फलोइंग नै उनीमाथि भारी पर्ने पो हो की ! एउटा अभिव्यक्तिले सबै सक्छ भन्ने कुरा पूजाको जीवनमा दृष्टान्त बनेर बस्न सकोस् !