बजारमा अल्टिमाको नयाँ स्मार्टवाच ‘म्याग्नम ई४००’, लन्च अफरमा आकर्षक छुट-Sutra News

बजारमा अल्टिमाको नयाँ स्मार्टवाच ‘म्याग्नम ई४००’, लन्च अफरमा आकर्षक छुट

शुक्रबार, १८ जेष्ठ २०८१

शुक्रबार, १८ जेष्ठ २०८१

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘म्याग्नम ई४००’ मोडेलको नयाँ स्मार्टवाच बजारमा ल्याउने भएको छ । २२ जेठमा सार्वजनिक हुने याे स्मार्टवाचकाे मूल्य पाँच हजार चार सय ९९ रुपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ ।



कम्पनीले सार्वजनिक गरिने दिन आकर्षक छुटकाे पनि घाेषणा गरिने छ । जनाइएअनुसार उक्त दिन घडि किन्दा एक हजार पाँच सय रूपैयाँ छुट पाउन सकिनेछ ।

कम्पनीले जनाएअनुसार म्याग्नम ई४०० विभिन्न अनलाइन प्लेटफर्म दराज, अल्टिमा, जीभी, ब्रोदरमार्टबाट खरिद गर्न सकिनेछ । त्यस्तै, डिजिटल वालेट ईसेवा, आईएमई पे र खल्तीबाट पनि यो स्मार्टवाच खरिद गर्न सकिन्छ ।

भौतिक रूपमा भने हुकुट स्टोर र नेपालका अन्य रिटेल स्टोरहरूमा खरिद गर्न सकिनेछ ।

एक वर्षको ब्रान्ड वारेन्टी दिइएको याे स्मार्टवाचमा ३० दिनसम्मको रिप्लेसमेन्ट ग्यारेन्टी दिइएकाे कम्पनीले जनाएकाे छ ।

के छन् म्याग्नम ई४००काे विशेषता ?

एक सातासम्म ब्याट्रि टिक्ने

कम्पनीले जनाएअनुसार १.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचमा ४६६*४६६ पिक्सेल रेजोलुसनको फुल स्क्रिन टच डिस्प्ले छ । यसमा ८०० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ भने २०० बढी वाच फेस छान्न सकिन्छ ।

२८० एमएएच क्षमताको लिथियम पोलिमर ब्याट्री भएकाे म्याग्नम ई४०० साधारण प्रयाेग गर्दा पाँचदेखि सात दिनसम्म ब्याट्री टिक्ने कम्पनीले जनाएकाे छ । यदि स्ट्यान्डबाई मोडमा राखिएमा ३० दिनसम्म ब्याट्री टिक्ने कम्पनीकाे भनाइ छ ।

स्मार्टवाचलाई फुल चार्ज गर्न दुई घण्टा समय लाग्ने जनाइएकाे छ । याे स्मार्टवाचमा वायरलेस चार्जिङले सपोर्ट गर्ने बताइएको छ ।

आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ

आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको याे स्मार्टवाचलाई एक मिटरसम्मको गहिराइमा ३० मिनेटसम्म डुबाउँदा पनि कुनै असर नगर्ने कम्पनीकाे दाबी छ । यद्यपि, स्विमिङ गर्दा वा नुहाउँदा स्मार्टवाच प्रयोग नगर्न कम्पनीले सुझाव दिएको छ ।

सयभन्दा बढी स्पोर्ट्स मोड, युटिलिटीका विकल्प धेरै

थुप्रै विशेषतासहितकाे याे स्मार्ट वाचमा स्पोर्ट्स मोडहरू पनि पर्याप्त दिइएकाे छ । चौबिसै घण्टा मुटुको धड्कन नाप्ने यो स्मार्टवाचले एसपीओ टु, स्लिप, फिमेल हेल्थ, स्ट्रेस मनिटर गर्ने बताइएको छ । त्यस्तै, यसले पानी पिउनका लागि अलर्ट दिने र ब्लड प्लेसर समेत नाप्ने कम्पनीकाे भनाइ छ ।

साथै, यसमा एआई भ्वाइस असिस्टेन्ट भएकाे कम्पनीले जनाएकाे छ ।

यसमा क्याल्कुलेटर, म्युजिक एन्ड क्यामेरा कन्ट्रोल, वेदर, अलार्म, फाइन्ड माई फोन, टाइमर र रेज टु वेकअप जस्ता सुविधा पनि दिइएकाे कम्पनीले जनाएकाे छ ।

स्मार्ट वाचमा फोनको म्यासेज, कल, ह्वाट्सएप, सामाजिक सञ्जालको नोटिफिकेसनलगायतकाे सुविधा पनि रहेकाे जनाइएकाे छ ।

सबैजसाे अपरेटिङ सिस्टम सपोर्ट हुने

कम्पनीका अनुसार याे स्मार्टवाचले एन्ड्रोइड भर्सन ५.० र आईओएस भर्सन ११ भन्दा माथिका अपरेटिङ सिस्टम सपोर्ट गर्दछ । जसका आधारमा हेर्दा अहिले प्रयाेगमा आएका सबैजसाे माेबाइलका लागि याे उपयाेगी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट